नियम २१
सेवाबाट हटाइएको कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने
(१) सेवाबाट
हटाइएको कुनै कर्मचारीले कुनै अदालतको निर्णयबाट निजको सेवा पुनस्र्थापित हुने
भएमा सो को निर्णयको सूचना पाएको मितिले तीन महिनाभित्र मन्त्रालयमा हाजिर हुन जानु
पर्नेछ ।
(२) उपनियम (१) को म्यादभित्र हाजिर हुन नजाने कर्मचारीलाई पदस्थापन
गरिने छैन ।
(३) यो नियमावली प्रारम्भ हुनु अघि निजामती सेवा ऐन, २०४९ तथा सो ऐन
अन्तर्गत बनेको नियमावली बमोजिम नेपाल स्वास्थ्य सेवाबाट हटाईएको कर्मचारी कुनै
अदालतको निर्णयबाट निजको सेवा पुनस्र्थापना भएमा उपनियम (१) बमोजिमको
म्यादभित्र मन्त्रालयमा हाजिर हुन नआएमा निजलाई पुर्नस्थापना गर्न कर लाग्ने छैन ।